सल्लाहकारको भीडप्रति अर्थमन्त्री वाग्लेको कटाक्ष, बालेनतर्फ संकेत?


काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले धेरै सल्लाहकार राख्ने प्रवृत्तिमाथि व्यंग्य गर्दै राज्यको अनावश्यक खर्चप्रति असन्तुष्टि जनाएका छन्।

सोमबार अर्थ मन्त्रालयमा आयोजित वार्षिक राजस्व समीक्षा बैठकमा उनले प्रधानमन्त्री कार्यालयमा २७ र ऊर्जा मन्त्रालयमा २० जना सल्लाहकार रहेको उदाहरण दिँदै यस्तो प्रवृत्तिले राज्यको व्ययभार बढाएको बताए।

“म राजस्वलाई महत्त्व दिन्छु,” भन्दै उनले आफूले भने एक जना मात्र अवैतनिक सल्लाहकार राखेको उल्लेख गरे। वाग्लेको यो अभिव्यक्तिलाई सामाजिक सञ्जालमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहसहित धेरै सल्लाहकार राख्ने प्रवृत्तितर्फ लक्षित व्यंग्यका रूपमा पनि चर्चा गरिएको छ। यद्यपि, उनले आफ्नो भनाइमा बालेन शाहको नाम भने उल्लेख गरेका थिए।