सभापति गगन थापाले पार्टीको झन्डा ओढाएर वरिष्ठ नेता श्रेष्ठप्रति श्रद्धाञ्जलि अर्पण 


काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले वरिष्ठ नेता गोपालमान श्रेष्ठको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ।

श्रेष्ठको पार्थिव शरीरमा नेपाली कांग्रेसका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूले श्रद्धाञ्जलि अर्पण गरिरहेका छन्। उहाँको पार्थिव शरीर आज बिहान ९ बजेदेखि ११ बजेसम्म ललितपुरस्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा अन्तिम श्रद्धाञ्जलिका लागि राखिएको छ।

वरिष्ठ नेता गोपालमान श्रेष्ठको मंगलबार जावलाखेलस्थित हेलिस अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। उहाँको निधनप्रति विभिन्न राजनीतिक दलका नेता तथा सर्वसाधारणले श्रद्धाञ्जलि व्यक्त गर्दै परिवारप्रति समवेदना प्रकट गरेका छन्।