काठमाडौं । प्रधानमन्त्री बालेन शाहले राष्ट्रपतिसँग भेटवार्ता गर्न शीतल निवास पुगेका छन्।
यसअघि बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले मधेशकेन्द्रित जिल्लाहरूमा पछिल्ला दिनमा विकसित घटनाक्रमप्रति सरकार गम्भीर रहेको उल्लेख गर्दै राज्य थप जिम्मेवार र संवेदनशील ढंगले अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले स्थानीय तहसम्म जनप्रतिनिधि, नागरिक समाज, धार्मिक अगुवा तथा समुदायका नेतृत्वसँग निरन्तर संवाद भइरहेको बताउँदै शान्ति, सामाजिक सद्भाव र आपसी विश्वास कायम राख्न सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेका छन्।


















प्रतिक्रिया