धनुषामा मन्दिरमा बस्दै आएका व्यक्तिको हत्या


धनुषा । धनुषाको सबैला नगरपालिका–१२, रघुनाथपुरमा एक व्यक्तिको हत्या भएको छ।

हत्या हुनेमा धनुषाको हँसपुर नगरपालिका–३, मलहनियाका करिब ४५ वर्षीय बन्ठु राउत गडेरी रहेका छन्। उनी रघुनाथपुरस्थित हनुमान मन्दिरमा राति बस्दै आएका थिए।

प्रारम्भिक जानकारीअनुसार उनको धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो। घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरी घटनास्थलमा पुगेर मुचुल्का उठाउने, प्रमाण संकलन गर्ने तथा घटनाको अनुसन्धान अघि बढाएको छ।

हत्याको कारण र घटनामा संलग्न व्यक्तिबारे हालसम्म आधिकारिक विवरण सार्वजनिक भएको छैन। प्रहरीले घटनामा संलग्नको खोजीका साथै थप अनुसन्धान जारी राखेको जनाएको छ।