काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको भक्तपुरस्थित निवासमा ठूलो संख्यामा नेपाल प्रहरी पुगेको छ। उनलाई पक्राउ गर्ने तयारी भइरहेको स्रोतले जनाएको छ।
स्रोतका अनुसार जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले जरुरी पक्राउ पुर्जीका आधारमा प्रसाईंलाई नियन्त्रणमा लिने प्रक्रिया अघि बढाएको हो। पक्राउको आधिकारिक कारण भने प्रहरीले सार्वजनिक गरिसकेको छैन।
यसअघि आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रसाईंले वर्तमान लोकतान्त्रिक व्यवस्थामा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको र नागरिकका आधारभूत अधिकारसमेत हनन भइरहेको आरोप लगाएका थिए। साथै, उनले वर्तमान सरकारविरुद्ध आन्दोलन गर्ने घोषणा पनि गरेका थिए।
घटनाबारे प्रहरीले औपचारिक विवरण सार्वजनिक गरेपछि थप जानकारी आउने अपेक्षा गरिएको छ।



















प्रतिक्रिया