काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत सञ्चालन गर्दै आएको गर्भवती तथा सुत्केरी महिलाको निःशुल्क हवाई उद्धार कार्यक्रम अन्तर्गत संखुवासभाकी एक गर्भवती महिलाको उद्धार गरेको छ।
मन्त्रालयका अनुसार श्रावण १७ गते संखुवासभा जिल्लाको खाँदबारी–१ निवासी ती महिलामा जटिल प्रसूति समस्या देखिएपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको हो।

दुर्गम क्षेत्रमा रहेका गर्भवती तथा सुत्केरी महिलालाई समयमै विशेषज्ञ उपचार उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको उक्त कार्यक्रमअन्तर्गत आवश्यक अवस्थामा निःशुल्क हवाई उद्धारको व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।



















प्रतिक्रिया