सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित मध्यपहाडी लोकमार्गमा आज बिहान करिब ११:४५ बजे बस र सडक विभागको कार एकापसमा ठोक्किँदा कार करिब ५० फिट तल सुनकोशी नदीमा खसेको छ।
प्रहरीका अनुसार काठमाडौंबाट ओखलढुङ्गातर्फ जाँदै गरेको बा.प्र.०८–००१ ख ०१४४ नम्बरको बस, चालक फिक्कल–६ निवासी २६ वर्षीय हेमबहादुर तामाङले चलाएका थिए। विपरीत दिशाबाट खोटाङबाट खुर्कोटतर्फ आउँदै गरेको सडक विभाग यान्त्रिक कार्यालय मुलकोटको नम्बर नखुलेको कारसँग बस ठोक्किएको हो।
दुर्घटनापछि कार सुनकोशी नदीमा खस्दा कार चालक सिन्धुपाल्चोक निवासी करिब ३९ वर्षीय दिलकुमार लामा, स्काईभेटर चालक सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ निवासी गणेश थापा (करिब २७/२८ वर्ष) तथा नाम, थर र ठेगाना नखुलेका एक जना हेल्पर बेपत्ता भएका छन्।
प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिई प्रहरी चौकी खाङसाङमा राखेको छ। बेपत्ता कार र तीन जनाको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको थप विवरण आउन बाँकी छ।



















प्रतिक्रिया