काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला अदालत भक्तपुरले रिहा गर्न आदेश दिएको छ। अदालतले उनीविरुद्ध म्याद थप गर्न अस्वीकार गर्दै म्याद नथपी छाड्न आदेश दिएको हो।
प्रसाईंलाई आइतबार राति प्रहरीले पक्राउ गरेको थियो। उनीविरुद्ध साइबर अपराध, राज्यविरुद्धको कसुर अन्तर्गत सार्वजनिक नैतिकता तथा शिष्टाचारविरुद्धको कसुर तथा सार्वजनिक शान्तिविरुद्धको कसुर गरी तीन अभियोगमा अनुसन्धानका लागि ७ दिनको म्याद माग्दै प्रहरी सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालत भक्तपुर पुगेको थियो।
तर अदालतले प्रहरीले मागेको म्याद स्वीकृत नगरेपछि प्रसाईंलाई रिहा गर्न आदेश दिएको हो। अदालतको आदेशपछि प्रहरीले उनको रिहाइ प्रक्रिया अघि बढाएको जनाएको छ।



















प्रतिक्रिया