प्रतिनिधिसभा आज बस्दै यस्तो छ आजको कार्यसूची


काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ।

आजको बैठकमा प्रधानमन्त्री बालेन साहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले आदिवासी जनजाति आयोगको छैटौँ वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०८१/८२) प्रतिनिधिसभामा पेस गर्ने सम्भावित कार्यसूची रहेको छ।

यस्तै, बैठकमा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले दर्ता गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुने कार्यसूची छ।

प्रस्तावमा वास्तविक भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासीको पहिचान गरी उनीहरूको संरक्षण, सुरक्षित आवास, आधारभूत सेवा, खाद्य, स्वास्थ्य, शिक्षा र जीविकोपार्जनको सुनिश्चितता गर्न आवश्यक व्यवस्था गर्न सरकारलाई आग्रह गरिएको छ। साथै, उचित क्षतिपूर्ति, स्थायी पुनःस्थापना र वास्तविक भूमिहीन तथा सुकुमवासीलाई यथाशीघ्र लालपूर्जा वितरण गर्नुपर्ने माग पनि प्रस्तावमा समेटिएको छ।

उक्त प्रस्तावका समर्थक सांसदहरू ऐनबहादुर महर, युवराज दुलालआरेन राई रहेका छन्।