काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग समसामयिक राजनीतिक विषयमा छलफल गरिरहनुभएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज बिहान ११ बजेदेखि सुरु भएको छलफलमा समसामयिक राजनीतिक अवस्था, प्रदेशका विकासका प्राथमिकता तथा अन्य साझा चासोका विषयमा विचार–विमर्श भइरहेको जनाइएको छ।
प्रधानमन्त्रीसँगको भेटमा सांसदहरू ताराप्रसाद जोशी, खेमराज कोइराला, हरिमोहन भण्डारी, जनकसिंह धामी, ज्ञानेन्द्र महता, जगत जोशी, कोमल ज्ञवाली र केपी खनाल सहभागी हुनुहुन्छ।
छलफल जारी रहेकाले बैठकपछि थप निर्णय वा निष्कर्ष सार्वजनिक हुने अपेक्षा गरिएको छ।



















प्रतिक्रिया