दीपकराज गिरीको टिप्पणी- कलमलाई नै कलंकित हुने डर छ


काठमान्डौ – कलाकार दीपकराज गिरीले पछिल्लो समय राजनीतिक विषयमा धारणा राख्दा देखिने आरोप–प्रत्यारोपप्रति व्यंग्य गरेका छन्।

गिरीले सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारका गलत कामको विरोध गर्दा ‘झोले’ र सरकारले सुरु गरेका राम्रा कामको समर्थन गर्दा ‘घन्टे’ भन्ने आरोप लाग्ने गरेको बताएका छन्।

उनले लेखेका छन्, ‘सरकारले गरेको गलत कामको विरोधमा लेख्नुस् ….. झोले ! सरकारले सुरुवात गरेको राम्रो कामको समर्थनमा लेख्नुस्…… घन्टे ! कलमलाई नै कलंकित हुने डर छ …..’

गिरीको उक्त अभिव्यक्तिले राजनीतिक विषयमा स्वतन्त्र रूपमा धारणा राख्दा व्यक्तिलाई विभिन्न समूहको समर्थकको रूपमा चित्रण गर्ने प्रवृत्तिमाथि प्रश्न उठाएको देखिन्छ।