काठमाडौं – नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा सार्वजनिक गरिएको नयाँ टाटा पञ्च ईभीको नेपालभर डेलिभरी सुरु भएको छ। उत्साहजनक बुकिङपछि नेपालका विभिन्न स्थानमा रहेका टाटा मोटर्सका शोरुमबाट एकैसाथ डेलिभरी सुरु गरिएको हो।
नयाँ पञ्च ईभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। नाइमा नेपाल मोबिलिटी एक्स्पो अवधिमा बुकिङ गर्ने ग्राहकले भने विशेष अफरअन्तर्गत ३२ लाख ९९ हजार रुपैयाँमा गाडी खरिद गर्न सक्नेछन्। एक्स्पोमा बुकिङ गर्ने ग्राहकलाई कम्पनीले ११ वर्ष वा २ लाख २० हजार किलोमिटरसम्मको विस्तारित वारेन्टी सुविधा पनि उपलब्ध गराएको छ।
अत्याधुनिक ‘Acti.EV’ प्लेटफर्ममा आधारित पञ्च ईभीमा ३२ kWh र ४० kWh क्षमताका दुई ब्याट्री विकल्प उपलब्ध छन्। नेपालमा गरिएको परीक्षणअनुसार यसले एकपटक पूर्ण चार्जमा ३०० देखि ३२५ किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ।
गाडीमा १९५ एमएम ग्राउन्ड क्लियरेन्स, BNCAP ५-स्टार सुरक्षा रेटिङ, ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, १.५C DC फास्ट चार्जिङ लगायतका सुविधा छन्।
त्यस्तै, भ्वाइस–एक्टिभेटेड सनरुफ, २६.०३ सेन्टिमिटरको हर्मन इन्फोटेनमेन्ट तथा डिजिटल ककपिट, भेन्टिलेटेड सिट र ३६६ लिटरको बुट स्पेस जस्ता आधुनिक सुविधा पनि पञ्च ईभीमा समावेश गरिएको छ।
कम्पनीले नयाँ पञ्च ईभीले आकर्षक डिजाइन, उच्च सुरक्षा, पर्याप्त रेन्ज र आधुनिक प्रविधिका कारण नेपाली विद्युतीय सवारी बजारमा थप आकर्षण बढाउने अपेक्षा गरेको छ।





















प्रतिक्रिया