चितवन । राप्ती नगरपालिका–१ डिपाट बस्तीमा बाघको आक्रमणबाट एक जना स्थानीय घाइते भएका छन्। बाघको आक्रमणबाट स्थानीय ६० वर्षीय ठाकुर अधिकारी घाइते भएका हुन्।
आज बिहान करिब ६ः४० बजे बस्तीमा आएको बाघले अधिकारीमाथि आक्रमण गरेको थियो। आक्रमणबाट उनको तिघ्रामा सामान्य चोट लागेको छ। घाइते अधिकारीको भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको छ।
बाघले सोही स्थानकी दिला कुमारी तामाङको गोठमा बाँधिएको जर्सी गाईलाई समेत आक्रमण गरेको थियो। आक्रमणबाट गाई पनि सामान्य घाइते भएको बताइएको छ।
घटनापछि बाघ नियन्त्रणका लागि चितवन राष्ट्रिय निकुञ्जबाट हात्तीसहितको टोली परिचालन गरिएको थियो। टोलीले खोजतलास गर्ने क्रममा बिहान ११ः२७ बजे बाघलाई नियन्त्रणमा लिएको हो।
बाघ नियन्त्रणमा लिएपछि स्थानीय बासिन्दाले राहत महसुस गरेका छन्। घटनाबारे थप विवरण संकलन भइरहेको छ।





















प्रतिक्रिया