काठमाडौं । बैतडी पुगेका पूर्वाधार विकास मन्त्री सुनिल लम्साल भाइरल ज्वरो र रुघाखोकीका कारण बिरामी परेका छन्।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई थप उपचारका लागि काठमाडौं ल्याउने तयारी गरिएको छ। मन्त्री लम्साललाई काठमाडौं ल्याउन नेपाली सेनाको हेलिकप्टर सुर्खेतबाट बैतडीतर्फ पठाइएको छ।
बैतडीमा कार्यक्रमका क्रममा रहेका मन्त्री लम्साललाई हेलिकप्टरमार्फत काठमाडौं ल्याई थप उपचार गरिने बताइएको छ।





















प्रतिक्रिया