म्यानपावर बन्द गर्ने व्यवसायीको घोषणा, भिसा आएका श्रमिकको उडान पनि रोकिँदै


काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले सरकारसँगका माग सम्बोधन नभएको भन्दै भोलिदेखि देशभरका सबै म्यानपावर कम्पनी बन्द गर्ने घोषणा गरेको छ।

सङ्घका अनुसार नयाँ विज्ञापन, अन्तर्वार्ता, रिक्रुटिङ प्रक्रिया, श्रमसम्बन्धी काम र वैदेशिक रोजगारीमा जाने श्रमिकको उडानसमेत रोकाइनेछ। आज राति १२ बजेसम्म प्रक्रिया पूरा भएका श्रमिकलाई भने उडान गराउने जनाइएको छ।

सरकारसँग ठोस सहमति नभएसम्म आन्दोलन फिर्ता नलिने सङ्घले जनाएको छ।