काठमाडौं ~ पूर्वराजदूत तथा वरिष्ठ शिक्षाविद् प्रा. हर्षनारायण धौभडेलको ९० वर्षको उमेरमा क्यानाडाको क्यालगरीमा निधन भएको छ।
प्रा. धौभडेलले त्रिभुवन विश्वविद्यालयमा करिब ३६ वर्ष प्राध्यापन तथा प्रशासनिक जिम्मेवारी सम्हाल्नुभएको थियो। उहाँ महेन्द्ररत्न क्याम्पस, ताहाचलका प्रमुख, शिक्षाशास्त्र संकायका डिन तथा सेरिडका कार्यकारी निर्देशकसमेत रहनुभएको थियो।
कूटनीतिक क्षेत्रमा समेत योगदान पुर्याउनुभएका धौभडेलले भारत र भुटानका लागि नेपाली राजदूतका रूपमा जिम्मेवारी निर्वाह गर्नुभएको थियो। उहाँ दासढुंगा दुर्घटना छानबिन आयोगका सदस्यसमेत रहनुभएको थियो।
शिक्षा, कूटनीति र सार्वजनिक सेवाका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउनुभएका प्रा. धौभडेलको निधनले नेपाली शैक्षिक तथा कूटनीतिक क्षेत्रमा अपूरणीय क्षति पुगेको छ।



















प्रतिक्रिया