बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा छोरा पक्राउ


काठमाडौं। बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा १९ वर्षीय छोरा पक्राउ परेका छन्।

गेरुवा गाउँपालिका–५, जुगुतपुरका १९ वर्षीय सरगम आचार्यले आफ्नै बुवा ४९ वर्षीय टेकराज उपाध्यायलाई घरको कोठामा कुटपिट गरेको प्रहरीले जनाएको छ। कुटपिटबाट उपाध्यायको घटनास्थलमै मृत्यु भएको हो।

घटनापछि प्रहरीले सरगमलाई नियन्त्रणमा लिएको छ। घटनाको कारण खुल्न बाँकी रहेको र प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।