
काभ्रे । काभ्रेको खानीखोला गाउँपालिका–१, स्याउलीथलीमा बोलेरो जीप सडकबाट करिब २०० मिटर तल खस्दा दुई जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्।
पनौती–तालढुङ्गा भित्री सडकखण्डअन्तर्गत स्याउलीथलीमा नम्बर नखुलेको बोलेरो जीप सडकबाट खसेर दुर्घटनामा परेको हो। दुर्घटनामा जीपमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घाइते तीन जनाको अवस्था गम्भीर रहेको छ। उनीहरूको उद्धार तथा उपचारका लागि प्रहरी टोली र एम्बुलेन्स घटनास्थलमा खटाइएको छ।
मृतक तथा घाइतेको नाम, ठेगाना खुल्न बाँकी रहेको छ। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।




















प्रतिक्रिया