जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका–४ का ११० परिवारले नापजाँच भएको करिब ११ वर्षपछि जग्गाधनी पुर्जा प्राप्त गरेका छन्।
नापी कार्यालय धनुषाका अनुसार साविक कजरारमौल गाउँ विकास समिति अन्तर्गत पर्ने गाउँ ब्लक (स्ववासी) जग्गाको नापजाँच आर्थिक वर्ष २०७१/७२ मै सम्पन्न भएको थियो। तर, जग्गा दर्ताका लागि आवश्यक जनसहभागिता न्यून हुँदा पुर्जा वितरणको प्रक्रिया लामो समयदेखि रोकिएको थियो।

आयोगबाट नापनक्सा भइसकेका जग्गाको आवश्यक प्रक्रिया पूरा गर्दै हाल ११० थान जग्गाधनी पुर्जा वितरण गरिएको कार्यालयले जनाएको छ।
पुर्जा प्राप्त गरेसँगै लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका ११० परिवारले आफ्नो जग्गाको कानुनी स्वामित्व प्राप्त गरेका छन्।





















प्रतिक्रिया