काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६ खजुरीखोलामा स्कार्पियो दुर्घटना हुँदा घाइते भएका ६ जनाको पहिचान खुलेको छ।
मंगलबार बिहान करिब ७ बजे काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कार्पियो अनियन्त्रित भई सडकबाट करिब ५०–६० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश गोकर्ण डाँगी र रजिस्ट्रार तारादत्त बडूसहित ६ जना घाइते भएका छन्।
घाइते हुनेमा स्कार्पियो चालक दाङ, राप्ती गाउँपालिका–८ का ३० वर्षीय सुनीलाल चौधरी, ४९ वर्षीय तारादत्त बडू, उनकी छोरी २५ वर्षीया रितेन बडू र २१ वर्षीया रिता बडू तथा लक्ष्मी बडू रहेका छन्।
प्रहरीका अनुसार लक्ष्मी बडूको अवस्था गम्भीर रहेको छ भने अन्य पाँच जनाको अवस्था मध्यम रहेको छ। उनीहरूको शरीरका विभिन्न भागमा चोट लागेको बताइएको छ।
दुर्घटनापछि घाइते सबैको उद्धार गरी उपचारका लागि भीमफेदी अस्पताल पठाइएको थियो। थप उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ।





















प्रतिक्रिया