सुनको भाउ यथावत्, चाँदीमा गिरावट


काठमाडौं । मंगलबार सुनको मूल्य अघिल्लो दिनकै प्रतितोला ३ लाख ६ हजार ८ सय रुपैयाँ कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदी भने १५ रुपैयाँ घटेर प्रतितोला ४ हजार ७ सय ५५ रुपैयाँ पुगेको छ।