काठमाडौँ । नेपालका लागि युरोपेली संघ (ईयू) की राजदूत भेरोनिक लोरेन्जोले परराष्ट्रमन्त्री शिशिर खनालसँग बिदाइ भेट गरेकी छन्।
मंगलबार परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपाल–ईयू सम्बन्ध, हिमाल तथा पानीसम्बन्धी सहकार्य, सुरक्षित आप्रवासन र नेपालको एलडीसी स्तरोन्नतिका विषयमा छलफल भएको थियो।
राजदूत लोरेन्जोले हिमाल तथा पानी र सुरक्षित एवं मर्यादित आप्रवासनका क्षेत्रमा नेपालसँग सहकार्य गर्न ईयू इच्छुक रहेको बताइन्। मन्त्री खनालले नेपालका प्राथमिकतामा रहेका विषयमा ईयूको सहयोगको स्वागत गर्दै सहकार्यलाई निरन्तरता दिन आग्रह गरे।
भेटमा नेपाली कला–संस्कृति प्रवर्द्धन र अभिव्यक्ति स्वतन्त्रताका विषयमा समेत छलफल भएको थियो।






















प्रतिक्रिया