जनकवि दुर्गालाल श्रेष्ठप्रति प्रधानमन्त्री बालेन्द्र साहको श्रद्धाञ्जली


काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले जनकवि दुर्गालाल श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन्।

प्रधानमन्त्री साहले सामाजिक सञ्जालमार्फत जनकवि श्रेष्ठका चर्चित सिर्जना स्मरण गर्दै उहाँको योगदानप्रति सम्मान व्यक्त गरेका हुन्।

उनले भौतिक रूपमा जनकवि श्रेष्ठ हामीमाझ नरहे पनि उहाँले देखाएको बाटो, सिर्जना र विचारहरू सधैँ जीवित रहने उल्लेख गरेका छन्। साथै, उहाँले देखाएको मार्गमा निरन्तर हिँडिरहने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रधानमन्त्री साहले लेखेका छन्, “सय थरी बाजा एउटै ताल, सय थरी गोडा एउटै चाल। मेची–काली सिँगै ढिको, साझा हाम्रो ज्यान नेपाल।”

त्यस्तै, “फूलको आँखामा फूलै संसार” लगायतका सिर्जनाका सर्जक जनकवि श्रेष्ठप्रति प्रधानमन्त्री साहले हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन्। 

Screenshot