वासिङ्टन । विदेशी विद्यार्थी, पत्रकार तथा अन्य अन्तर्राष्ट्रिय आगन्तुकको बसाइ अवधि सीमित गर्ने नयाँ अमेरिकी भिसा नियमविरुद्ध श्रमिक संघ तथा अधिकारवादी संस्थाहरूले सङ्घीय सरकारविरुद्ध मुद्दा दायर गरेका छन्।
म्यासाचुसेट्सस्थित अमेरिकी जिल्ला अदालतमा दायर मुद्दामा नयाँ नियमले विद्यार्थी, अनुसन्धानकर्ता र पत्रकारलाई गम्भीर असर पार्ने दाबी गर्दै कार्यान्वयन रोक्न माग गरिएको छ।
नयाँ नियमअनुसार एफ–१ र जे–१ भिसाको अवधि अधिकतम चार वर्ष तथा पत्रकारको आई–भिसा सामान्यतः २४० दिनमा सीमित हुनेछ। चिनियाँ पत्रकारका लागि भने अवधि ९० दिनसम्म रहनेछ।
अधिकारवादी समूहहरूले नियमले अन्तर्राष्ट्रिय विद्यार्थी तथा अनुसन्धानकर्तालाई अमेरिकाबाट निरुत्साहित गर्ने र विश्वविद्यालय तथा अर्थतन्त्रमा नकारात्मक असर पार्ने बताएका छन्। सरकारले भने भिसा दुरुपयोग र ठगी नियन्त्रणका लागि नियम आवश्यक रहेको जनाएको छ।






















प्रतिक्रिया