बुधबार सुन–चाँदीको भाउमा गिरावट, हेर्नुहोस् आजको मूल्य


काठमाडौँ । नेपाली बजारमा बुधवार सुन र चाँदी दुवैको मूल्य घटेको छ। सुन प्रतितोला २ हजार ७ सय रुपैयाँले घटेर ३ लाख ४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १६० रुपैयाँले घटेर ४ हजार ५ सय ९५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घले जनाएको छ।