काठमाडौं । जटिल प्रसूति समस्या भएका दुई महिलालाई नेपाली सेनाको हवाई साधनमार्फत थप उपचारका लागि सुर्खेत ल्याइएको छ।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत सञ्चालन गरेको गर्भवती तथा सुत्केरी महिला हवाई उद्धार कार्यक्रममार्फत उनीहरूको उद्धार गरिएको हो।

भदौ ४ गते कालिकोटको त्रिवेणी गाउँपालिका–७ र बझाङको साइपाल गाउँपालिका–२ निवासी दुई महिलालाई जटिल प्रसूति समस्या देखिएपछि थप उपचारका लागि नेपाली सेनाको हवाई साधनमार्फत सुर्खेत ल्याइएको नेपाली सेनाले जनाएको छ।
दुर्गम क्षेत्रमा उपचारको सहज पहुँच नहुँदा जोखिममा रहेका गर्भवती तथा सुत्केरी महिलाको समयमै उद्धार गरी उपचारका लागि स्वास्थ्य संस्थासम्म पुर्याउने उद्देश्यले यस्तो हवाई उद्धार सञ्चालन हुँदै आएको छ।






















प्रतिक्रिया