काठमाडौं । ललितपुरको पुल्चोकस्थित मानव अधिकार आयोगको कार्यालय बाहिर धर्नामा बसेका लघुवित्त ऋणीहरू सरकारसँग १४ बुँदे सहमति भएपछि आज आ–आफ्नो घर फर्किएका छन्।
नेपाल सरकार र ऋणीहरूका प्रतिनिधिबीच हिजो भदौ ६ गते भएको वार्तामा १४ बुँदे सहमति भएपछि उनीहरूले धर्ना कार्यक्रम स्थगित गरेका हुन्।

सहमति कार्यान्वयनको सुरुवाती चरणमा सरकारले आज बिहान ८ः५० बजेदेखि साझा यातायातका बसको व्यवस्था गरी ऋणीहरूलाई आ–आफ्नो गन्तव्यतर्फ पठाएको हो।
विभिन्न सरकारी निकायका अधिकारीहरूको उपस्थितिमा ३२३ जना ऋणीलाई ८ वटा बसमार्फत बिदाइ गरिएको थियो।

उनीहरूलाई झापा, मोरङ, सर्लाही, महोत्तरी, सिन्धुली, बारा, पर्सा र नवलपरासी लगायतका जिल्लातर्फ पठाइएको छ।
सरकार र ऋणी पक्षबीच भएको १४ बुँदे सहमतिपछि लामो समयदेखि जारी धर्ना तथा आन्दोलन तत्कालका लागि स्थगित भएको हो।






















प्रतिक्रिया