काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य आइतबार प्रतितोला २ हजार ८ सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार यसको मूल्य ३ लाख १६ हजार ७ सय रुपैयाँ थियो।
यस्तै, आज चाँदीको मूल्य भने घटेर प्रतितोला ४ हजार ९७५ रुपैयाँ कायम भएको छ। शुक्रबार चाँदी ४ हजार ९८५ रुपैयाँमा कारोबार भएको थियो।






















प्रतिक्रिया