काठमाडौँ । रोल्पामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका केन्द्रीय सदस्य लालबहादुर वली ‘विश्व’सहित १३ जनाले पार्टी परित्याग गरेका छन्।
गंगादेव गाउँपालिका निवासी वलीसहित उनीहरूले आइतबार विज्ञप्ति जारी गर्दै पार्टीको राजनीतिक कार्यदिशा, संगठनात्मक गतिविधि र नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पार्टी छाडेको बताएका छन्।
पार्टी परित्याग गर्नेहरूले सिलु नेतृत्वको नेकपामा समाहित हुने घोषणा गरेका छन्। यसअघि पनि रुपन्देहीका केही नेताले विप्लव नेतृत्वको पार्टी छाडेका थिए।






















प्रतिक्रिया