सिरहा । सिरहामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।नवराजपुर गाउँपालिका–४ नवराजपुर टोलका २८ वर्षीय पशुपती शर्माको आइतबार बिहान करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।
आफ्नै खेतमा पानी तान्ने विद्युतीय मोटर चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका शर्मालाई उपचारका लागि नवराजपुर आधारभूत अस्पताल लगिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ।






















प्रतिक्रिया