३५ वर्षको हिसाब छाड्न रविको निर्देशन


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेता–कार्यकर्तालाई बितेको ३५ वर्षको हिसाब गर्न छाडेर आगामी ३५ वर्षको योजना बनाउन निर्देशन दिएका छन्।

आइतबार पार्टीको ‘नीति, संगठन र नेतृत्व’ विषयक कार्यशालालाई सम्बोधन गर्दै लामिछानेले विगतका दललाई दोष दिनुभन्दा अब देशलाई कहाँ लैजाने भन्नेमा केन्द्रित हुनुपर्ने बताए।

उनले रास्वपालाई नागरिकले विश्वास गरेकाले त्यो विश्वास घट्न नदिन नेता–कार्यकर्तालाई सचेत गराए। साथै, पार्टीका अभिव्यक्ति र गतिविधिले लोकतन्त्र कमजोर पार्ने काम गर्न नहुने भन्दै उनले कार्यकर्तालाई संयमित हुन आग्रह गरे।

लामिछानेले अहिले सरकारसँगै प्रतिपक्ष पनि बलियो रहेकाले रास्वपाले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने बताए।