सिमरा घटनाका आरोपीको भिडियो भाइरल, प्रहरी अनुसन्धानमा


काठमाडौँ । बाराको सिमरामा ३ वर्षीया गरिमा चौधरीको बलात्कार र हत्या प्रकरणमा पक्राउ परेका १६ वर्षीय किशोरले घटनाबारे बोलेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले छानबिन थालेको छ।

भिडियोमा किशोरले घटनाबारे बयान दिएको देखिन्छ। अनुसन्धानका क्रममा अस्पतालमा चिकित्सकले गरेको सोधपुछको भिडियो कसरी बाहिरियो भन्ने विषयमा छानबिन भइरहेको बाराका एसपी नरेन्द्र कुँवरले बताए।

डीएसपी मीनबहादुर घले नेतृत्वको टोलीले घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।