चोरीको स्कुटरमा राइड सेयरिङ गर्ने प्रहरी फन्दामा


काठमाडौँ । चोरीको स्कुटरमा राइड सेयरिङ गर्दै आएका झापा दमक–७ का ३९ वर्षीय सरोज खनाल पक्राउ परेका छन्।

नक्सालबाट भक्तपुर जाने क्रममा एक यात्रुले ल्यापटपको ब्याग स्कुटरमै बिर्सिएपछि चालक सम्पर्कविहीन भएका थिए। यात्रुले ट्राफिक प्रहरीलाई खबर गरेपछि खोजीका क्रममा खनाल चोरीको स्कुटरसहित पक्राउ परेका हुन्।

प्रहरीका अनुसार उनले नम्बर परिवर्तन गरिएको चोरीको स्कुटर र अर्काको राइड सेयरिङ एप प्रयोग गर्दै आएका थिए। उक्त स्कुटर गत असार २३ गते गोङ्गबुबाट चोरी भएको खुलेको छ।

खनाललाई थप अनुसन्धानका लागि प्रहरी वृत्त महाराजगञ्ज पठाइएको छ।