काठमाडौँ । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सोमबारदेखि निजी सवारीसाधनका लागि पनि खुला गरिएको छ।
सडक विभागका अनुसार बिहान ९ बजेदेखि कार, जीप, भ्यानलगायत ९ सिटसम्मका निजी सवारीले सुरुङमार्ग प्रयोग गर्न पाउनेछन्। यसअघि एम्बुलेन्स, इमर्जेन्सी तथा सरकारी सवारीलाई मात्रै सुरुङमार्ग प्रयोग गर्न दिइँदै आएको थियो।






















प्रतिक्रिया