एमाले पुनर्गठन योजना अस्वीकार गर्दै ओली


काठमाडौँ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले महासचिव शङ्कर पोखरेलले तयार पारेको पार्टीको ‘शुद्धीकरण, सुदृढीकरण तथा रूपान्तरणसहितको पुनर्गठन कार्ययोजना’को मस्यौदा अस्वीकार गरेका छन्।

ओलीले प्रतिवेदनमा ‘पुनर्गठन’ शब्दप्रति आपत्ति जनाउँदै त्यसको सट्टा ‘पुनर्जागरण’ राख्न सुझाव दिएका छन्। उनले पार्टीलाई कमजोर नभई एकताबद्ध र सुदृढ बनाउने गरी प्रतिवेदन तयार गर्न निर्देशन दिएका छन्।

ओलीको निर्देशनपछि कार्यदल संयोजक रामबहादुर थापा ‘बादल’ पुनर्लेखनमा जुटेका छन्। यस विषयमा नेताहरूबीच मतभेद देखिएपछि एमालेभित्र पुनर्गठनको बहस थप चर्किएको छ।