जनकपुरको होटलमा रहस्यमय अवस्थामा युवती मृत फेला


जनकपुरधाम । जनकपुरधाममा एक युवती होटलको कोठाभित्र झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुरधाम उपमहानगरपालिका–६ स्थित नमस्कार चोकमा रहेको न्यू राजधानी गेष्ट हाउसको कोठामा युवती मृत फेला परेकी हुन् ।

प्रहरी प्रवक्ता एवं डीएसपी ओमप्रकाश खनालका अनुसार कोठा भित्रबाट चुकुल लगाइएको अवस्थामा युवतीको शव फेला परेको हो । मृतक युवतीको भने हालसम्म सनाखत हुन सकेको छैन ।

प्रहरीका अनुसार ती युवती केही दिनदेखि एक युवकसँगै उक्त होटलमा बसेकी थिइन् । युवक सोमबार होटलबाट बाहिरिएपछि मंगलबार युवती कोठाभित्र झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

घटनासँगै होटलमा युवतीसँगै कोठा लिएर बसेका युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।