अमेरिकाको ठूलो निर्णय, २ लाख भिसा खारेज हुँदै


काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले अमेरिकामा शरण मागेका वा शरण प्रक्रियामा रहेका २ लाखसम्म विदेशी नागरिकको बी–१ र बी–२ व्यापार तथा पर्यटक भिसा रद्द गर्ने तयारी गरेको छ ।

योजना कार्यान्वयन भए सन् २०१६ देखि २०२६ सम्म जारी गरिएका सम्बन्धित भिसा रद्द हुन सक्नेछन् । अमेरिकी विदेश मन्त्रालयले आगामी केही साताभित्र निर्णय सार्वजनिक गर्ने तयारी गरेको बताइएको हो ।

भिसा रद्द हुँदैमा तत्काल देशनिकाला भने नहुने अधिकारीहरूले बताएका छन् । तर सम्बन्धित व्यक्तिको पर्यटक वा व्यापारिक हैसियत समाप्त हुनेछ ।

ट्रम्प प्रशासनले यसअघि पनि भिसा प्रक्रियामा कडाइ गर्दै आएको छ । पछिल्लो १८ महिनामा करिब १ लाख ७५ हजार भिसा रद्द गरिसकेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।