काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बागमती प्रदेशका असन्तुष्ट सांसदहरूले मुख्यमन्त्री किरण थापामगरलाई विश्वासको मत दिने भएका छन् ।मंगलबार पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेपछि उनीहरू विश्वासको मत दिन सहमत भएका हुन् ।
राप्रपासँग सत्ता सहकार्य र नेकपा–एमालेबीच भएको पाँचबुँदे सहमतिअनुसार मन्त्रालय बाँडफाँट नभएको भन्दै असन्तुष्ट बनेका सांसदहरूले प्रचण्डसँग छलफल गरेका थिए ।सांसद गङ्गानारायण श्रेष्ठका अनुसार राप्रपासँगको सत्ता सहकार्यबारे अन्तिम निर्णय केन्द्रीय संयोजन समितिले गर्नेछ । त्यसैले तत्काल मुख्यमन्त्रीलाई विश्वासको मत दिने र बाँकी विषय समितिको बैठकमा टुंग्याउने सहमति भएको हो ।असन्तुष्ट पक्षमा श्रेष्ठसहित कृष्ण खनाल, राजेन्द्रमान श्रेष्ठ, युवराज चौलागाईं, रुकु चौलागाईं, लक्ष्मण लम्साल, उर्मिला लामा र ओमकुमारी श्रेष्ठ रहेका छन् ।





















प्रतिक्रिया