काठमाडौं । नयाँ बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि आक्रमण गर्ने एक युवक पक्राउ परेका छन्।
मंगलबार बिहान पुरानो संसद भवन नजिकै जुम्लाको तातोपानी घर भएका २७ वर्षीय राज कठायतले आकाशेपुलबाट बाटो काट्न आग्रह गरेपछि महिला प्रहरीसँग विवाद गर्दै आक्रमण गरेको प्रहरीले जनाएको छ।
ट्राफिक प्रहरीले आकाशेपुल प्रयोग गरी बाटो काट्न आग्रह गर्दा कठायतले एक्कासि प्रहरीमाथि आक्रमण गरेका थिए। पिक आवरमा ड्युटीमा खटिएका ट्राफिक प्रहरीको सहयोगमा उनलाई नियन्त्रणमा लिइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
घटनाबारे नयाँ बानेश्वर प्रहरी वृत्तले थप अनुसन्धान गरिरहेको छ।






















प्रतिक्रिया