सिमराबाट बालिका बेपत्ता


काठमाडौँ। बाराको जीतपुर सिमरा उपमहानगरपालिका–६ बाट ११ वर्षीया बालिका सनाया खातुन बेपत्ता भएकी छन्।

खातुन बेपत्ता भएको भन्दै उनकी आमा गुलाप्सा खातुनले मंगलबार मध्यान्ह इलाका प्रहरी कार्यालय सिमरामा निवेदन दिएकी हुन्। प्रहरीले निवेदन प्राप्त भएलगत्तै बालिकाको खोजी सुरु गरेको जनाएको छ।

इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक दयाकृष्ण भट्टका अनुसार बालिका कहाँ र कसरी बेपत्ता भएकी हुन् भन्नेबारे थप अनुसन्धान भइरहेको छ।