काठमाडौं – एनसेलले आफ्ना ग्राहकलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज र किफायती रूपमा उपलब्ध गराउने उद्देश्यले नेपाल मेडिसिटी अस्पतालसँग साझेदारी गरेको छ । साझेदारीअन्तर्गत निश्चित एनसेल प्याक वा रेन्टल सेवा लिने ग्राहकले अस्पतालको बहिरङ्ग सेवामा चिकित्सक परामर्शसम्बन्धी विशेष सुविधा पाउने भएका छन् ।
यसअन्तर्गत रु. २९९ वा सोभन्दा माथिको प्याक वा रेन्टल सेवा लिने एनसेल ग्राहकले नेपाल मेडिसिटी अस्पतालको बहिरङ्ग सेवामा निःशुल्क चिकित्सक परामर्श सेवा लिन सक्नेछन् ।
त्यस्तै, रु. ९९ देखि रु. २९९ सम्मको प्याक वा रेन्टल सेवा लिने ग्राहकले बहिरङ्ग सेवाअन्तर्गत चिकित्सक परामर्श शुल्कमा २० प्रतिशत छुट प्राप्त गर्नेछन् ।
एनसेलका अनुसार योग्य ग्राहकले आफूले प्राप्त गर्न सक्ने स्वास्थ्य सेवासम्बन्धी सुविधाको विवरण एनसेल एपमार्फत स्वतः हेर्न सक्नेछन् । एपमा योग्य नदेखिएका ग्राहकले आवश्यक प्याक वा रेन्टल सेवा लिएपछि उक्त सुविधाका लागि योग्य हुनेछन् ।
एनसेल र नेपाल मेडिसिटी अस्पतालबीचको यो साझेदारीले एनसेल ग्राहकलाई स्वास्थ्यसम्बन्धी आवश्यक चिकित्सकीय परामर्श सहज रूपमा उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
ग्राहकले आफूले लिएको प्याक वा रेन्टल सेवाका आधारमा उपलब्ध सुविधाबारे एनसेल एपमार्फत जानकारी लिन सक्नेछन् ।






















प्रतिक्रिया