भोटेकोसीमा बाढीको वितण्डा, बस्ती र बैंकका शाखा कार्यालय बगायो


काठमाडौं । बुधबार बिहान भोटेकोसीमा आएको भीषण बाढीले बस्ती र बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयमा ठूलो क्षति पुर्‍याएको छ।

नेपाल बैंकर्स संघका अनुसार टिमुरेमा रहेका विभिन्न बैंकका शाखा कार्यालयमा क्षति पुगेको छ। बाढीपछि टेलिफोन सम्पर्क अवरुद्ध हुँदा बैंकका कर्मचारीसँग सम्पर्क हुन नसकेको र क्षतिको यकिन विवरण संकलनमा कठिनाइ भएको संघले जनाएको छ।

संघका अध्यक्ष सन्तोष कोइरालाका अनुसार संघले आकस्मिक बैठक बसेर उद्धारका लागि सरकारसँग अनुरोध गरेको छ। टिमुरेमा नबिल, लक्ष्मी सनराइज, हिमालयन, एनएमबी, ग्लोबल, माछापुच्छ्रे, सानिमा र इन्भेस्टमेन्ट मेगालगायत बैंकका शाखा रहेका थिए।ype / to choose a block