काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित रसुवाका विभिन्न क्षेत्रबाट हालसम्म १२ जनाको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ।
नेपाली सेनाका अनुसार सेनाको हेलिकोप्टरमार्फत स्याफ्रुबेँसीबाट ६ जना, मैलुङबाट २ जना र धुन्चेबाट ४ जनाको उद्धार गरिएको हो।

उद्धार कार्यका लागि नेपाली सेनाका ४ र निजी कम्पनीका ८ गरी कुल १२ वटा हेलिकोप्टर परिचालन गरिएको सेनाले जनाएको छ।

यसैगरी, नेपाली सेनाको मेडिकल टोलीले त्रिशूलीस्थित नं. १ सैन्य तालिम केन्द्रमा आकस्मिक उपचार सेवा प्रदान गरिरहेको छ। सेनाले बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ।






















प्रतिक्रिया