काठमाडौँ । तिब्बततर्फबाट रसुवाको त्रिशूली नदीमा आएको बाढीका कारण १६ जनाको मृत्यु भएको छ भने ३६ जना घाइते भएका छन्।
बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा रसुवाका १, नुवाकोटका ९ र धादिङका ६ जना छन्। मृतकमध्ये ७ महिला र ८ पुरुष रहेको तथा एक जनाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बाढी प्रभावित क्षेत्रबाट रसुवामा १३, नुवाकोटमा १९ र धादिङमा ३ जना घाइतेको उद्धार गरिएको छ।























प्रतिक्रिया