काठमाडौँ — नेपालमा अविरल वर्षापछि आएको बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गहिरो दुःख व्यक्त गर्नुभएको छ। उहाँले नेपालका प्रधानमन्त्रीसँग टेलिफोन संवाद गर्दै विपद्को यस कठिन घडीमा भारत नेपालसँगै रहेको बताउनुभएको हो।
प्रधानमन्त्री मोदीले बाढीपहिरो प्रभावितका लागि आवश्यक सबै प्रकारका मानवीय सहायता उपलब्ध गराउन भारत तयार रहेको स्पष्ट पार्नुभएको छ। उहाँले उद्धार तथा राहत कार्यमा दुवै देशका सम्बन्धित टोलीबीच निकट समन्वय भइरहेको जानकारीसमेत दिनुभएको छ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया सार्वजनिक गर्दै मोदीले नेपाली नागरिकप्रति ऐक्यबद्धता जनाउँदै भारतका जनता नेपालका दाजुभाइ तथा दिदीबहिनीको साथमा दृढताका साथ उभिएको उल्लेख गर्नुभएको छ।
मोदीले लेख्नुभएको छ, “प्रधानमन्त्रीसँग कुराकानी गर्दै नेपालमा बाढीका कारण भएको जनधनको क्षतिप्रति समवेदना व्यक्त गरेको छु। यस कठिन समयमा भारतका जनता नेपालका हाम्रा दाजुभाइ तथा दिदीबहिनीहरूको साथमा उभिएका छन्। भारत नेपाललाई सम्भव भएसम्मका सबै मानवीय सहायता प्रदान गर्न तयार छ।”
नेपालमा पछिल्लो समय परेको अविरल वर्षाका कारण विभिन्न क्षेत्रमा बाढी र पहिरो जाँदा ठूलो जनधनको क्षति भएको छ। विपद्को सामना गरिरहेको नेपाललाई छिमेकी भारतले उच्चस्तरीय सहानुभूति व्यक्त गर्दै आवश्यक मानवीय सहयोगका लागि तत्परता देखाएको हो।
यसअघि पनि प्राकृतिक विपद्का समयमा भारतले नेपाललाई उद्धार, राहत तथा मानवीय






















प्रतिक्रिया