चितवनमा ६४ शव, अस्पतालमा राख्ने ठाउँ ५० जनाको मात्रै


काठमाडौं । बाढीबाट मृत्यु भएकामध्ये चितवनमा हालसम्म ६४ वटा शव फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शव खोजी कार्य अझै जारी रहेकाले संख्या थपिन सक्ने देखिएको छ।

प्रहरीका अनुसार चितवनका स्वास्थ्य संस्थामा बढीमा ५० वटा शव मात्र राख्न सक्ने क्षमता छ। शव राख्ने स्थानको अभाव भएपछि आपतकालीन व्यवस्थापनअनुसार शवको सुरक्षा गर्नुपर्ने अवस्था आएको प्रहरीले जनाएको छ।

प्रहरीले बाढीमा फेला परेका शवबारे नजिकको सुरक्षा निकायलाई जानकारी गराउन तथा क्षतिग्रस्त शवका विभत्स तस्बिर सामाजिक सञ्जाल वा सञ्चारमाध्यममा सार्वजनिक नगर्न आग्रह गरेको छ।