नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ ।


काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला ३ लाख २० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार प्रतितोला ३ लाख २२ हजार १०० रुपैयाँ थियो।

यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले घटेर ४ हजार ९६५ रुपैयाँ कायम भएको छ।