काठमाडौं । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि खोज तथा उद्धार कार्य जारी रहेको छ। नेपाली प्रहरीले सार्वजनिक गरेको २०८३ भदौ १२ गते बिहान ६ बजेसम्मको अपडेट अनुसार बाढी तथा पहिरोका घटनामा हालसम्म ४६९ जनाको शव फेला परेको छ।
फेला परेका शवमध्ये रसुवामा १२, धादिङमा ३३, गोरखामा ४४, नवलपरासी पूर्वमा ११०, नुवाकोटमा ३७, चितवनमा १०८, तनहुँमा २८ र नवलपरासी पश्चिममा २७ जना रहेका छन्।
त्यस्तै, बाढी तथा अन्य घटनामा १ हजार ५४५ जना घाइते तथा उद्धार गरिएको प्रहरीले जनाएको छ। यसमध्ये रसुवामा ६४४, नुवाकोटमा ८९८ र धादिङमा ३ जना रहेका छन्। काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत तथा डिस्चार्ज भएका घाइतेको संख्या ८४ जना रहेको अपडेटमा उल्लेख छ।
उद्धार तथा खोजी कार्यका लागि हालसम्म ८ हजार ३८२ जना प्रहरी परिचालन गरिएको छ। यस्तै, २८ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।
बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत सुरक्षा निकायले खोज, उद्धार तथा राहत कार्यलाई निरन्तरता दिइरहेका छन्।






















प्रतिक्रिया