काठमाडौँ । रसुवाको टिमुरे–रसुवागढी क्षेत्रमा बाढी गएको चार दिनपछि सरकारले राहत तथा उद्धारका लागि विशेष टोली परिचालन गरेको छ।
शनिबार हेलिकप्टरबाट चाउचाउलगायत राहत सामग्री पुर्याउँदै सरकारले बाढीको इपिसेन्टर मानिएको क्षेत्रमा उपस्थिति जनाएको हो।
गृह मन्त्रालयले भयावह अवस्था सामान्य बनाउन सहसचिव बासुदेव घिमिरेको नेतृत्वमा छुट्टै टोली रसुवा पठाएको छ। टोलीले जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायसँग समन्वय गरी उद्धार र राहतलाई प्रभावकारी बनाउनेछ।
बाढीबाट टिमुरे, स्याफ्रुबेँसी र बेत्रावतीलगायत क्षेत्रमा ठूलो क्षति भए पनि पर्याप्त उद्धार तथा राहत नपुगेको गुनासो आएपछि मन्त्रालयले विशेष टोली खटाएको हो।
घिमिरेले यसअघि रसुवाको प्रमुख जिल्ला अधिकारी (सीडीओ) का रूपमा समेत जिम्मेवारी सम्हालिसकेका थिए।





















प्रतिक्रिया