काठमाडौं । बाढीका कारण रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको उद्धारका लागि खोजी तथा उद्धार कार्य तीव्र पारिएको छ।
बाढी, लेदो र भग्नावशेषले सुरुङको प्रवेशद्वार नै पुरिएपछि उद्धार टोलीले एक्साभेटरलगायतका उपकरण प्रयोग गरी सुरुङको मुख खोल्ने तथा भित्र प्रवेश गर्ने बाटो बनाउने कामलाई तीव्रता दिएको छ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली उच्च प्राथमिकताका साथ उद्धार अभियानमा खटिएको छ। प्रतिकूल मौसम र कठिन भौगोलिक अवस्थाका बीच उद्धार टोलीले लगातार लेदो तथा भग्नावशेष हटाउने काम गरिरहेको छ।
सुरुङको प्रवेशद्वार पूर्ण रूपमा खुलेपछि उद्धार टोली भित्र प्रवेश गरी फसेका व्यक्तिहरूको खोजी तथा उद्धार अघि बढाउने तयारीमा छ।
उद्धारका लागि आवश्यक उपकरण तथा जनशक्ति परिचालन गर्दै सुरुङको मुख खोल्ने प्रयास निरन्तर जारी रहेको छ।





















प्रतिक्रिया